Search

संस्थाका पूर्व अध्यक्ष रामेश्वर मान्नधर सम्मानीत

संस्थाका पूर्व अध्यक्ष रामेश्वर मान्नधर सम्मानीत

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । नेपाल उद्योग बाणीज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएका लालि गुँरास युवा क्लव चरिकोट दोलखाका पुर्व अध्यक्ष रामेश्वर मानन्धरलाई आज उक्त संस्थाले हार्दिक बधाई तथा शुभकामना सहितको एक कार्यक्रम सम्पन्न गरेको छ ।


संस्थाको अध्यक्ष प्रविण श्रेष्ठको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा भीमेश्वर नगरपालीका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीको प्रमुख आतिथ्य रहको थियो । पशुपती चोक भ्यू टावर होटेलमा सम्पन्न उक्त कार्यक्रममा क्लवका पुर्व अध्यक्ष गोविन्द श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।

यसै गरी चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ, र क्लवका सचिव मनकुमार श्रेष्ठ बिपिनले शुभकामना मन्तव्य सहित सफल कार्यकालको कामना गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा क्लवका पुर्व ८ जना अध्यक्ष लगाएत बिभिन्न व्यक्तित्वहरुको उपस्थिती रहको जानकारी प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!