Search

नेकपा सचिवालय बैठक आज बस्दै, सहभागी होलान् ओली ?

नेकपा सचिवालय बैठक आज बस्दै, सहभागी होलान् ओली ?

बाँपीझ्याला, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबारका लागि बोलाइएको छ । दिउखँसो १ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुनेबारे अन्योलता कायमै रहेको छ ।

गत मंगलबार ओली बैठकमा सहभागी भएका थिएनन् भने सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय भएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए ।
यस्तै मंसिर १३ को बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!