Search

अमेरिकामा ३ पूर्वराष्ट्रपतिसहित बाइडेन र कमला कोरोना खोप लगाउन तयार, ट्रम्प मौन

अमेरिकामा ३ पूर्वराष्ट्रपतिसहित बाइडेन र कमला कोरोना खोप लगाउन तयार, ट्रम्प मौन

१९ मंसिर, बाँपीझ्याला, वासिंटन । अमेरिकामा कोभिड १९ विरुद्धको खोपले स्वीकृति पाउनै लाग्दा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस सहित पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र विल क्लिन्टनले समेत उक्त खोप लगाउने बताएका छन् ।

बेलायतमा स्वीकृति पाइसकेको खोप अमेरिकामा भने औषधि सम्बन्धी सरकारी नियामक निकाय ‘फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन’को स्वीकृतिको अन्तिम पर्खाइमा छ । तर स्वीकृति पाएपछि उक्त खोप सार्वजनिक रुपकै ग्रहण गर्न तयार रहेको बाइडेनले बताए । खोपबारे आम जनमानसमा भ्रम भएको हुनसक्ने भन्दै आफूले लगाएपछि त्यस्तो भ्रम हट्ने उनको भनाइ छ ।

अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन, बुस र ओबामाले पनि टिभीको प्रत्यक्ष प्रसारण भइरहेको एक कार्यक्रममा बताएका थिए । यस्तै उपराष्ट्रपतिमा हालै निर्वाचित कमलाले पनि स्वीकृति पाउना साथ आफूले खोप लगाउने बताएकी थिइन् ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । जबकि ट्रम्पले कोरोनाभाइरसलाई चीनले फैलाएको भाइरस तथा फेक न्युज मिडियाको प्रचारवाजी मात्रै भएको भन्दै यसबारे आक्रोश पोखेका थिए ।

उनले लकडाउनमा समेत स्कुल खुलाउनु पर्ने भन्दै कोरोनाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । यसवाहेक उनले सिएनएन लगायत मिडियाले गरेका तथ्यजाँचको क्रममा कोरोनाभाइरसबारे सयौँ झुट बोल्नुका साथै प्रचारवाजी गरेका थिए ।

बाइडेन र ह्यारिसले बिहीबार सिएनएनको जेक टेपर शोमा संयुक्त रुपमा दिएको अन्तरवार्ताको क्रममा आफूहरु भ्याक्सिन लगाउन तयार रहेको बताएका थिए । बाइडेनले खुला रुपमा खोप लगाउन तयार रहेको प्रतिक्रिया दिँदा ट्रम्पले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।

यद्यपि अमेरिकाको एफडीएले अहिलेसम्म कुनै पनि खोपलाई वितरणका लागि स्वीकृति दिएको छैन । बेलायतमा खोप अभियान चलिरहँदा अमेरिकाले खोप वितरणको लागि स्वीकृति दिएको छैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!