Search

नारायण गोपाल नआएको भए नेपाली संगीत क्षेत्र शुन्य हुने थियो : राज्यमन्त्री रामविर मानन्धर

नारायण गोपाल नआएको भए नेपाली संगीत क्षेत्र शुन्य हुने थियो : राज्यमन्त्री रामविर मानन्धर

बाँपीझ्याला, काठमाण्डौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वर सम्राट नारायण गोपालको योगदान बिना नेपाली संगीत क्षेत्र अधूरै रहने बताएका छन् । नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म रहिरहने बताए ।


मन्त्री मानन्धरले नेपाली सुगम संगीतको विकासमा नारायण गोपालको योगदानको कसैसँग तुलना हुन नसक्ने बताए ।

सरकारले कला, साहित्य तथा गीतसंगीत र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गरिरहेको बताउँदै मानन्धरले गीतसंगीत क्षेत्रको विकासका लागि आफूले पनि भूमिका खेल्ने बताए ।
आज प्रविधिसँगै साँगीतिक क्षेत्रमा पनि परिवर्तन आएको बताउँदै मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रमममा नारायण गोपालको अन्तिम गीत ‘विरही माया’ का संगीतकार भूपेन्द्र रायमाझीले नेपालको आधुनिक गीतसंगीतमा नारायण गोपालको नभएको बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!