Search

किसान आन्दोलनः कंगना रनौत र दिलजीत दोसाँझबिचको ‘तँ–तँ, म–म’

किसान आन्दोलनः कंगना रनौत र दिलजीत दोसाँझबिचको ‘तँ–तँ, म–म’

बाँपीझ्याला, भारतमा किसान आन्दोलनले सत्ताको चिन्ता बढेको छ । पञ्जाब, हरियाणासहितका राज्यबाट कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा ठूलो संख्यामा किसानहरु ‘दिल्ली चलो’ आन्दोलन अन्तर्गत राजधानी दिल्लीका नाकामा विगत एक हप्तादेखि छन् ।

सरकार किसानका माग पूरा गर्न सहमत देखिएको छैन, किसान नयाँ कानून फिर्ता हुनु पर्ने मागबाट पछि हटेका छैनन् । किसानको आन्दोलनले राजनीति मात्रै तातेको छैन चलचित्र जगतका ‘हस्तीहरु’ पनि ‘आन्दोलन’ को मोर्चामा छन् ।

स्वरा भास्कर, तापसी पन्नू, ऋचा चढ्ढा, दिलजीत दोसाँझसहितका कलाकारहरुले किसान आन्दोलनको समर्थन गरेका छन् । बलिउडको ‘एक्लो महाशक्ति’ बनेको र सबैसँग टक्कर लिन सक्ने बताउँदै आएकी अभिनेत्री कंगना रनौत भने आन्दोलनमा सहभागी किसानहरुमाथि ‘देशद्रोही, विखण्डनकारी तथा आतंककारी’ सहितका आरोप लगाउँदै आएकी छन् ।

पछिल्लो समय कला क्षेत्र भन्दा देशका कुनै पनि क्षेत्रमा कुनै पनि विषयमा हुने आन्दोलन, विवाद वा चर्चाहरुमा केन्द्रमा शासन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा खुलेर लाग्ने र सत्ता विरुद्ध आवाज उठाउनेहरुलाई ‘अराष्ट्रवादी’ को आरोप लगाउने क्रम कंगनाबाट लगातार भइरहेको छ ।

केही दिन पहिले कंगनाले किसान आन्दोलनमा सहभागी भएकी पञ्जाबी वृद्धा महिन्दर कौरलाई नागरिकता कानूनको विरोधमा शाहीन बाग प्रदर्शनमा अगुवाई गरेकी बिलकीस दादीको तस्बिर एकसाथ पोस्ट गरेर लेखेकी थिइन्, ‘हा हा.. यिनी उनै हजुरआमा हुन् जसलाई टाइम म्यागजिनले विश्वका १०० प्रभावशाली व्यक्तिमा सूचित गरेको थियो…र उनी १०० रुपैयाँमा उपलब्ध छिन् ।’

महिन्दरको तुलना बिलकीसँग भइरहेका बेला कंगनाको सो ट्वीट आएको थियो । सो ट्वीटपछि कंगनाको तीव्र आलोचना भयो । उनले ट्वीट हटाइन् । यसैबिच तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजले कंगनाको दाबी झुट रहेको र महिन्दर र बिलकीस दादी दुई फरक महिला रहेको स्पष्ट पारेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment