बाँपीझ्याला, डाबर कम्पनीले आफूले उत्पादन गर्ने मह शत प्रतिशत शुद्ध रहेको र कुनै पनि मिसावट नरहेको दावी गरेको छ। डाबर इण्डियाले विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेको हो।
आफ्नो कम्पनीको महमा चिनी तथा अन्य कुनैपनि मिसावट नरहेको डाबरको दावी छ। साथै प्राकृतिक रुपमा उत्पादन गरिएको मह नै बिक्री गरिरहेको डाबरले उल्लेख गरेको छ।
भारतको सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्ट (सीएसई)काे एक अध्ययनले डाबर कम्पनीसहित कैयौँ प्रमुख ब्राण्डका महमा चिनीको मिसावट हुने देखाएपछि डाबरले त्यसको खण्डन गरेको हो।