Search

मनपरेको युवतीले विवाह गरेको सुनेपछि ललितपुरमा एक डाक्टरले गरे आत्महत्या प्रयास

मनपरेको युवतीले विवाह गरेको सुनेपछि ललितपुरमा एक डाक्टरले गरे आत्महत्या प्रयास

१८ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । ललितपुरमा एक डाक्टरले आत्महत्याको प्रयास गरेका छन् । तर उनले आत्महत्या गर्ने प्रयास गरेको भन्ने जानकारी पाएलगत्तै प्रहरीले उद्धार गरेको छ । ती डाक्टर ललितपुर ग्वार्कोस्थित किष्ट अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

उनले आफूले मन पराएको केटी साथीको बिवाह भएको खबरपछि आत्महत्या गर्ने प्रयास गरेको खुलेको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार उनले ती साथीलाई एकतर्फी प्रेम गरेको र मंगलबार हिजो उनको बिवाह भएको खबर पाएका थिए ।

त्यसपछि उनले सुसाइट नोट लेखेर औषधि खाएका थिए । तर उनले औषधि खानुअघि उनले लेखेको सुसाइट नोट फोटो खिचेर सामाजिक संजालमा साथीहरुलाई पनि पठाएपछि उनको आत्महत्या प्रयास असफल भएको हो ।

त्यसपछि उनका एक साथीले प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीले उनको उद्धार गरेको बताइएको छ । उनको एक साथीले १०० नम्बरमा फोन लगाएर उक्त घटनाबारे महानगरीय प्रहरी परिसर खबर गरेका थिए ।

त्यसपछि प्रहरीले किष्ट अस्पतालमा पुगेको थियो । अस्पताल पुगेर उनी बस्ने कोठा पत्ता लगाएर त्यहाँ पुग्दा उनी बेहोस अवस्थामा भेटिएका थिए । उनको कोठामा समेत चुक्कुल लगाइएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले झ्यालबाट छिरेर उद्धार गरेको बताइएको छ । २९ बर्षीय ती डाक्टर इमाडोल नयाँबस्तीमा डेरागरी बस्दै आएको बताइएको छ । उनी एमबीबीएस सकेर एमडी गर्ने तयारी गरिरहेको खुलेको छ ।

उनले ट्यावलेट औषधि प्रयोग गरेको खुलेको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!