Search

दोलखा भीमेश्वर मन्दिर–कालिञ्चोक भगवती लगाएत जिल्ला भरीका शक्तिपिठहरु भोली १९ गते देखि खुल्ला

दोलखा भीमेश्वर मन्दिर–कालिञ्चोक भगवती लगाएत जिल्ला भरीका शक्तिपिठहरु भोली १९ गते देखि खुल्ला

अजय प्रधान
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला प्रशासन कार्यालय चरिकोट, दोलखाले मिती २०७७ असोज ३० गते देखि दोलखा जिल्ला भरीका सवै मठ–मन्दिरहरु र शक्तीपिठहरुमा गर्नु पर्ने नित्यपूजाहरु बाहेक अन्य गतिविधीहरु निषेध गरी बिज्ञप्ती जारी गरिएको थियो ।


उक्त आदेश आज मिती २०७७ मंसिर १८ गते बसेको जिल्ला कोविड १९ को संकट व्यवस्थापन केन्द्रले जिल्ला भित्र कोविड १९ को स्थितीको विश्लेषण गरी गरेको सिफारिस अनुसार मिती २०७७ मंसिर १९ गते शुक्रवारदेखि लागूहुने गरी सो आदेश हटाईएको जानकारी सहितको विज्ञप्ती दोलखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले बिज्ञप्ती जारी गर्नु भएको छ ।

कालिञ्चोक कुरी

यसै गरी सम्पूर्ण दोलखा जिल्लावासी र भक्तजनहरुलाई स्वास्थ सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी मठ–मन्दिर, शक्तिपिठहरुको दर्शन गर्न समेत उक्त विज्ञप्तीमा जनाईएको छ भनी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले हामीलाई जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!