बाँँपीझ्याला, काठमाण्डौं । कोभिड १९ को संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले आज बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि बुधबार उनीहरुले ठमेलमै पनि विरोध प्रदर्शन गरेका थिए ।