Search

आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै

आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै

बाँपीझ्याला, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता” : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा हिजो आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइने जानकारी गराइएको छ ।

हप्ताभरी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सवभालमा छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम हुने मन्त्रालयले जनाएको छ । सरकारी निकायसँगै अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले पनि फरक फरक विषयमा काम गर्दैछन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गताको विषयलाई सम्बोधन गर्न यकिन तथ्याङ्क आउने गरी राष्ट्रिय जनगणना २०७८ मा हुने जनगणनालाई समावेशी बनाई अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गर्न आग्रह गर्नुभएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!