Search

नेकपाका एक अध्यक्ष ओलीको अनुपस्थिती पछी सचिवालय बैठक २० गते सारियो

नेकपाका एक अध्यक्ष ओलीको अनुपस्थिती पछी सचिवालय बैठक २० गते सारियो

बाँपीझ्याला, काठमाडौैं । पार्टीमा अल्पमतमा परेपछि सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सचिवायल बैठकमै सहभागी भएनन् । पार्टी बैठकमा अध्यक्ष नै उपस्थित नहुने, बैठक बस्ने र निर्णय गर्ने नेपाली राजनीतिमा नेकपाले अनौठो संस्कार सुरु गरेको छ ।

मंगलबारको बैठकमा नेताहरुका पत्र र प्रतिवेदनका बारेमा छलफल गर्ने कि नगर्ने ? भन्नेमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको सम्वाद तिक्ततापूर्ण बनेपछि ओली बुधबारको बैठकमा सहभागी नभएका हुन् ।
बुधबारको बैठकमा आफू उपस्थित नहुने मंगलबारै संकेत गरेका ओलीले बुधबार बैठक सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै सहभागी हुने बताएका थिए । पूर्व निर्धारित १ बजेका लागि तय भएको बैठक ओली सहभागी हुने भनेपछि १ घण्टा पछि सारिएको थियो । सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि उनलाई सोचविचार गर्न तीन दिनको समय दिने बाँकी ८ जना सदस्य सहभागी बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिव १५ मिनेट बसेको बैठकले तीनवटा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पेजको जवाफी पत्र, ओलीले नै लेखेको १० पेजको पत्र र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावका साथै नेताहरुबीच आदानप्रदान भएका केही पत्रहरु छलफलका एजेण्डा तय गरिएका थिए ।

यो पनि…
ओली बैठकमा बस्न नमान्दा स्थायी समिति प्रभावित, ओलीलाई तीन दिनको अल्टिमेटम
‘ती विषयहरुमा छलफल गर्नु भनेको प्रधानमन्त्री ओलीकै बारेमा छलफल गर्नु हो । सवै दस्तावेजहरु उहाँसँगै सम्बन्धित छन् । त्यसो हुनाले उहाँको अनुपस्थितिमा बैठक गर्दा औचित्यपुर्ण नहुने देखेर हामी आठै जना सचिवालय सदस्यहरुले एकमतले उहाँलाई उपस्थित गराउन अलिकति समय लिएका हौ’, एक सचिवालय सदस्यले रातोपाटीलाई जानकारी दिए । ती सचिवालय सदस्यका अनुसार ओलीलाई आग्रह र अनुरोध गर्दा पनि भएन भने पार्टी निर्णय प्रक्रियाबाटै अघि बढ्ने बहुमत सदस्यको तयारी छ ।

ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवलय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ ।

ती बैठकहरु बस्ने स्थानका बारेमा भने कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुसँग कुरा गरेर तय गर्ने बुधबारको सचिवालयको निर्णय छ ।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपुर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सवै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए ।

ओलीले पटक पटक बैठक छल्दै आएको र फेरि पनि त्यही नियत दोहोरिए के गर्नुहुन्छ भन्ने प्रश्नमा नेता खनालले रातोपाटीसँग भने, ‘सवैलाई समेटेर अघि जाने कोशिस गर्दा पनि भएन भने मात्रै पार्टी अगाडि बढ्छ । ओली पनि सचिवालयको महत्वपुर्ण सदस्य तथा अध्यक्ष समेत भएकाले पार्टीले सवैलाइ समेटेर जान नै उपयुक्त हन्छ भन्ने निष्कर्षका साथ यो निर्णय गरिएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!