Search

बेलायतमा फाइजरको कोरोना भ्याक्सिन स्वीकृत

बेलायतमा फाइजरको कोरोना भ्याक्सिन स्वीकृत

७ मंसिर, बाँपीझ्याला, एजेन्सी । बेलायतले फाइजर कम्पनीद्धारा बनाइएको कोभिड–१९ विरुद्धको भ्याक्सिनको प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

बेलायत फाइजर/बायोएनटेकको कोरोना भ्याक्सिनलाई व्यापक उपयोगका लागि स्वीकृती प्रदान गर्ने विश्वको पहिलो देश बनेको छ ।

बेलायती नियामक एचएमआरएका अनुसार,फाइजर/बायोएनटेकको उक्त भ्याक्सिनले कोभिड–१९ महामारीका विरुद्ध ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्दछ र यसको व्यापक प्रयोगका लागि अनुमति प्रदान गर्नु सुरक्षित रहेको छ ।

उच्च प्राथमिकतामा रहेको समूह अर्थात् अधिक खतरा भएका मानिसहरुका लागि प्रतिरक्षण आगामी केही दिनमा नै सुरु हुने बताइएको छ ।

बेलायतले यसअघि नै उक्त भ्याक्सिनको ४ करोड डोजका लागि अर्डर दिइसकेको छ । जसमा प्रत्येक व्यक्तिलाई भ्याक्सिनको दुई डोज दिइनेछ। अर्थात् तत्कालका लागि दुई करोड मानिसहरुले भ्याक्सिनको डोज पाउन सक्नेछन् ।


यो विश्वको सबैभन्दा तीव्र रुपमा विकसित भ्याक्सिन हुनेछ, जसलाई बनाउनमा १० महिना लाग्यो । सामान्य रुपमा यस्ता भ्याक्सिन तयार गर्नका लागि एक दशक सम्मको समय लाग्ने गर्दछ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!