Search

कंगनालाई अनावश्यक महत्व दिइयोः उर्मिला

कंगनालाई अनावश्यक महत्व दिइयोः उर्मिला

बाँपीझ्याला, बलिउड । बलिउड अभिनेत्री उर्मिला मातोंडकर शिवसेनामा संलग्न भएपछि एकपटक पुनः अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेकी छिन् । उर्मिलाले कंगनालाई ‘अनावश्यक महत्व’ दिइएको बताएकी छिन् ।

बिजेपी र शिवसेनाबीच त्यतिबेला वाकयुद्ध चरम अवस्थामा पुग्यो जब कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरिदिइन् । उनले सुशान्त सिंह राजपूतको मृत्युको सिलसिलामा दिएको बयानका बेला यो पनि बयान दिएका थिए । कंगना र उर्मिलाबीच धेरै पटक ‘तँतँ, मम’ भइसक्यो ।

त्यतिबेला उर्मिलाले कंगनालाई भनेकी थिइन्, ‘पूरा देश ड्रगको अभिशाप झेलिरहेको छ । के उनलाई (कंगनालाई) थाहा छैन कि हिमाचलमा नै ड्रग्स जन्मिरहेको छ । उनले आफ्नो घर नै सफा गरेर यसको सुरुवात गर्नुपर्छ ।’

उर्मिलाले के भनिन् ?

उर्मिलाले शिवसेनाको सदस्यता लिएपछि आफ्नो पहिलो प्रतिक्रियाका बेला भनिन्, ‘यसअघि गरिएको साक्षात्कारमा मलाई धेरैजसो प्रश्न कंगनाको विषयमा सोधियो । मलाई लाग्छ कि कंगनालाई अनावश्यक महत्व दिइएको छ । मलाई लाग्दैन कि उनलाई थप महत्व दिनुपर्छ ।’

उर्मिलाले उनको नाम विधान परिषदको सदस्यताका लागि बढाइने कुराको पनि पुष्टि गरेकी छिन् ।

यसअघि शिवसेना स्रोतले उर्मिला मातोंडकरको नाम राज्यपाल कोटेबाट विधान परिषदको सदस्यताका लागि बढाइने बताएको थियो ।

उर्मिलाले यसको पुष्टि गर्दै भनिन्, ‘मेरो नाम विधान परिषदका लागि राज्यपालमा पठाइने बारे जानकारी दिइएको छ । म आफ्नो राजनीतिक जीवनमा महिलाको मुद्दामाथि काम गर्न चाहन्छु ।’

जब उनलाई कांग्रेस छोड्नुको कारणबारे सोधियो तब उनले भनिन्, ‘मैले पार्टी छोडेकी थिएँ, जनसेवा होइन ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!