Search

द्वाल्खाको खटप्याखन

द्वाल्खाको खटप्याखन

रेखा शाक्य (राजमति)
स्वतन्त्र पत्रकार तथा फोटो पत्रकार
ताहाचल
, काठमाण्डौं

नेपाल सम्वत ११४१ न्हूदँको अवसरमा दबूू नामको म्यागजिन अमेरिकाको नेवाः पासा पुचः अमेरिकाय्मा पहिलो पटक प्रकाशित

द्वाल्खा जिल्ला । काठमाडौंको भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक हुँदै १३२ कि.मि को दूरी पार गरेपछि चरिकोट । चरिकोट द्वाल्खा जिल्लाको सदरमुकाम । त्यहाँबाट ४ कि. मि उत्तर पूर्वी दिशा तर्फ अवस्थित एक प्राचीन नेवाः बस्तीे हो द्वाल्खा हिन्दु धर्मावलम्वीहरुको आराध्यदेवदेवीको रुपमा शिव पार्वतीको प्रतीक मानिएको गौरीशंकर हिमाल पनि यहीं छ । हिन्दु एवम अन्य धर्मावलम्वीहरु यस ऐतिहासिक शहरमा अवस्थित द्वाल्खा भीमसेनको दर्शन हेतु हरेक साल विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्दछ ।

द्वाल्खालाई पहिला ूनिर्भयू अर्थात कुनै पनि भय नभएको स्थान भन्दै ूअभयरपुू नामले पनि जानिन्थ्यो पछि यसलाई प्राचीन शहर ूद्वाल्खाू नामले सम्बोधन गर्न थालियो । अहिले अभयरपुर त्यति प्रचलनमा छैन । द्वाल्खा शहर भीमेशवरको मन्दिर रहेको कारणले मात्रै महत्वपूर्ण रहेको होइन । यहाँ परापूर्वकालदेखि नेवाः बस्ती रहेको छ । जसको आफ्नै मौलिकभाषा ूद्वाल्खा नेपालभाषाू छ । उपत्यकामा बोलिने नेपालभाषा भन्दा भिन्न रहेको द्वाल्खा नेपालभाषालाई नेपालभाषाको सबभन्दा पुरानो भाषिका मानिन्छ ।

द्वाल्खाका स्थानीयहरुले वर्तमानकालमा पनि आफ्नो धर्म, परम्परा, संस्कृतिलाई हृदयंगम गरी आफ्नो मौलिक परिचयलाई बचाउन भग्मदुर प्रयास गर्र्द आइरहेका छन् । जसरी काठमाडौंमा नेपालभाषा बोल्ने र लेख्नेहरुमा कमी आएको छ द्वाल्खा पनि यो समस्याबाट अछुत छैन । यहाँका स्थानीयहरु आफ्नो भाषा, संस्कृति र परम्पराहरु लोप हुने त होइन भन्ने चिन्तामा रहेको देखिन्छ ।

हाल महामारीका रुपमा फैलिरहेको कोरोनालाई वास्ता नगरी म गत वि.सं २०७७ श्रावण १९ गते द्वाल्खातिर लागेको थिएं । यस वर्ष द्वाल्खामा मनाइने ूगुल्ना पर्वू बारे जान्ने र बुझ्ने मेरो अभिप्राय थियो । द्वाल्खामा पनि काठमाडौंमा जस्तै नै विभिन्न चाडपर्व र नखः चखः मनाउने परम्परा रहेको छ । ती मध्ये श्रावण महिनामा मनाइने ूगुल्ना पर्वू एक विशेष पर्व हो । गुल्ना पर्वमा एक महिनाभरी ने ढापा खलकले बिहान बाजा बजाई द्वाल्खाको भीमेश्वर लगायत मठ मन्दिर तथा चैत्यहरु परिक्रमा गर्ने गरिन्छ । त्यति मात्र नभई यस पर्वको बीचमा ढापा खलक कालिञ्चोक माईको दर्शन गर्दै एक रात त्यहीं बसी भोलिपल्ट कालिञ्चोक माईको शक्तिलाई समेत लिई द्वाल्खा आउने गर्दछ । सोही अवसरमा द्वाल्खाको एक महत्वपूर्ण लाखे जसलाई स्थानीय भाषामा ूड्वाकु डाकसू भनिन्छ सो लाखे समेत निकाल्ने परम्परा रहिआएको छ । गाठामा (घण्टाकर्ण) औंसीबाट शुरु हुने गुल्ना पर्वमा टोलटोलबाट हरेक दिन दिउँसो ूजो डाकसू अनि बेलुका ूनेपाल डाकसू नामको लाखे निकाल्ने गरिन्छ । यसै क्रममा पूर्णिमाको भोलिपल्ट सा प्याखन (गाईजात्रा) को दिन नेपाल डाकस, मजिपा डाकस र अन्य विभिन्न हास्यव्यंगका पात्रहरु समेत निकाल्ने गरिन्छ भने त्यही दिन राति ट्वाकल प्याखन (गोपिकृष्ण) नाच हुने गर्दछ ।

यसै क्रममा द्वाल्खाको एउटा अत्यन्त महत्वपूर्ण मौलिक नाच बारे पनि जान्ने अवसर जुर्यो, जसको नाम हो ूखटप्याखनू । गुल्ना पर्वमा पनि विशेषगरी पंचमीका दिन खटप्याखन निकाल्ने गरिन्छ । अहिले अपभ्रश हुँदै यसलाई ूखरिप्याखनू पनि भन्न थालिएको छ । खटप्याखन भन्नाले कुनै खट अथवा दबलीमा सीमित रही नाच्ने भन्ने बुझिन्छ । मल्लकालदेखि प्रचलनमा रहेको यस नाचको आफ्नै मौलिकपन र इतिहास रहेको छ । भनिन्छ, यो नाच त्रेतायुगका राजा ध्रुवसिन्धुको कथामा आधारित छ । यसमा जीवनको नवरस सरी सुखान्त, दुखान्त, वीररस, श्रृंगारसका साथै संयोगान्त कथामा आधारित नृत्य गरिन्छ । यो नाच छ सात दिन सम्म लगातार देखाइन्छ । धार्मिक कथामा आधारित विभिन्न ताल र रागमा शास्त्रीय नीति अनुरुप हावभाव गरी विभिन्न देवदेवीको मुद्रामा यो नाच नाचिने भएकोले यसलाई गीतिनाटकको रुपमा पनि लिने गरिन्छ ।

यस गीतिनाटक वा खटप्याखनमा ३२ जना कलाकारहरु सहभागी रहेको हुन्छ । पौराणिक कथामा आधारित यो नाचमा राजा ध्रुवसिन्धु र उनका दुई रानी मनोरमा र लिलावतीको शौखिन कुरा, धर्म प्रति आस्था राख्ने मान्छेहरुको नियति देखाउँदै भैरव, कुमारी, गणेश, कुमार, देवीका साथै देवी दानव बीच लडाँइका कुरा प्रस्तुत गरिन्छ । आवश्यकता अनुसार अरु ख्याली पात्रहरु पनि सहभागी हुन्छन् ।

हरेक वर्ष देखाउनु पर्ने भए पनि यो नाच नियमित रुपमा देखाउन सकिरहेको थिएन । कुनै वर्ष देखाउने, कुनै वर्ष नदेखाउने भइरहेको थियो । संयोगवश यो वर्ष देखाउने काम भएको रहेछ, पाँचवर्ष पछि । कारण, कोरोना संक्रमणका कारण अधिकांश द्वाल्खामीहरु आफ्नै जन्मथलोमा थिए । साथै आफ्नो मौलिकपन र इतिहास समेटेको नाच केही वर्षदेखि स्थगित भएकोले यो साल जसरी पनि सञ्चालनमा ल्याउनु पर्छ भन्ने आवाज पनि उठिरहेको रहेछ । फलतः भीमेश्वर नगरपालिका –२ कोर्छे टोलका श्री भगवानदास श्रेष्ठ लगायत स्थानीय संस्कृतिप्रेमीहरु मिली यस नाचलाई निरन्तरता दिने प्रयास भएको थियो ।

संस्कृतीप्रेमी भगवानदास श्रेष्ठ

आखिर खरिप्याखनले किन स्थायित्व पाउन सकेन त ? संस्कृतिप्रेमी भगवानदास श्रेष्ठ बताउनुहुन्छ , ूमनले चाहेर मात्र वा हाम्रो पहिचान बोकेको भनेर मात्र नहुने रहेछ । त्यसलाई चाहिने पूर्वाधारहरु व्यवस्थित भएमा मात्रै सबै काम मनले चिताएसरी हुने गर्छ । सबभन्दा ठूलो समस्या त पहिला जस्तो यसमा चाहिने सम्पूर्ण कलाकारहरु द्वाल्खामा नहुनु र अर्को मूख्य समस्या भनेको खिं (भजनमा बजाउने ठूलो मादल) बाजाका गुरुहरुको कमी । यस नाचमा नभई नहुने बाजा खिं बजाउन जान्ने गुरुहरु पनि विभिन्न कारणले द्वाल्खाबाट टाढा भएपछि शास्त्रीय संगीतको तालमा नचाउने यो जात्रा अझ संकटमा पर्न गयो । अब यो नाचले स्थायितव प्राप्त गर्ने मात्र होइन संचालन समेल नहुने चिन्ता भइसकयो ।ू

अहिले स्थानीय युवा पुस्ता नै जागृत भएर खिं बाजा बजाउन निपुण भई तिनीहरुले नै अरु युवालाई प्रशिक्षण दिर्एमा यो नाच जोगाउन सकिनेमा आशावादी देखिनुहुन्छ श्रेष्ठजी । यो नाचलाई निरन्तरता दिन वि. सं २०६९ सालमा थुप्रै जनाको संलग्नतामा एउटा समूह गठन भएको थियो । जसमा मूख्य रुपमा स्वयम भगवानदास श्रेष्ठ, वीर बहादुर शिवाकोटी, कृष्णलाल श्रेष्ठ (ज्वाहारी लाल) अमृत बहादुर श्रेष्ठ र आनन्दमान प्रधान रहनुभएको थियो । त्यो समूहले तीन महिनासम्म प्रशिक्षण चलाई १४ जनाबाट चार पाँच जना राम्रा वाद्यवादकहरु तयार गरे । तर सँधै बाजा बजाउने काम नहुने र जीवनयापनका लागि आफ्नै व्यवसायमा व्यस्त हुनुपर्ने भए पछि पुनः समस्या ज्युँकात्युँ रहन गयो । हाल २६ वर्षिय युवा मनिष श्रेष्ठले चार वर्षसम्म बाजा सिकेर अग्रज गुरुहरुलाई साथ दिइरहुनुभएको छ । अब अरु युवा साथीहरुलाई सिकाई यो नाचलाई कायम गर्ने उहाँको प्रयास रहेको छ । उहाँका अनुसार काठमाडौंमा र द्वाल्खामा बजाउने खिंको बोल फरक छ । मात्र ूद्यः ल्हायेू गर्दा बजाइने बोल ८० प्रतिशत जति मिल्ने रहेछ । काठमाडौं र द्वाल्खाको राग पनि मिल्दैन । द्वाल्खामा चौताल, खरजति, दंगताल, पर्ताल गरी चार ताल मात्र बजाउने चलन छ ।

संस्कृतिप्रेमी भगवानदासका अनुसार यो नाचमा जो कोही पनि सहभागी हुन पाइंदैन । पहिला दुंगल टोलमा रहेको नाट्यश्वरलाई किसलि चढाएर अनुमति माग्नु पर्छ । साथै यस नाचको प्रशिक्षण पनि तीन महिनादेखि छ महिनासम्म लिनु पर्छ । यो साल नाच हुने वा नहुने अन्यौल भएकोले प्रशिक्षण दिने काम भएन । त्यसैले पहिलेदेखि नाच्दै आउनु भएका कलाकारहरु कृष्णनारायण श्रेष्ठ (राजा) र परशुराम जोशी एवं सुरेश श्रेष्ठ (दुई रानीहरु) ले मात्रै यो नाचलाई निरन्तता दिए । साथै खिं बाजा बजाउन हाल द्वाल्खामा रहनुभएका ८५ वर्षीय गुरु शुद्ध जोशीलाई युवा मनिष श्रेष्ठले साथ दिनुभयो ।

यो खटप्याखं ूद्यः ल्हायूे गर्दै नाट्यश्वरको अगाडी नेपालभाषाको भजन गीत गाएर शुरु गरिन्छ । नृत्यलाई सहज हुने खालको नेवाः भजनमा पनि गणेश, कुमारको गीत, नाट्यश्वर भजन आराधननको गीत, बसन्त, धनाश्रीको गीतको तालमा बाजा बजाइन्छ । बाजामा खिं, छिलिमिल, तिंछुको प्रयोग गरिन्छ । द्यः ल्हाये गर्ने बेलामा भने मुहाली अर्थात शहनाइ पनि बजाउने गरिन्छ । गीतको साथमा बाजाको तालमा कलाकारहरुले बाटोमा नाच्दै दुंगल टोल, पिंगल टोल, लाय्कू, राजकुलेश्वर हुँदै स्थानीय बजार घुम्दै द्वाल्खाको बजार र भीमेश्वरको डबलीसम्म पुगी पुनः दुंगल टोलमै आइ समापन हुन्छ ।

यस नाचलाई व्यवस्थित गर्न कुनै गुठी नभएको र आजसम्म सहभागी हुने कलाकार र टोलका मनकारी दाताहरुले स्वइच्छाले दिएको रकमबाटै संचालन हुँदै आइरेको छ । बाजाको संरक्षण एवं सम्बद्र्धन, प्रशिक्षक तथा प्रशिक्षणको लागि केही व्यवस्था, कलाकारहरुलाई चाहिने वस्त्रदेखि अन्य सामग्रीको समेतको व्यवस्था र कालान्तरसम्म निरन्तरता दिनको लागि राज्यबाटै केही कोषको व्यवस्था भएमा राम्रो हुने आशा गरिएको छ । साथै जिल्लामा आउने वार्षिक बजेटले भौतिक विकासका साथसाथै जात्रापर्व, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि रकम निकासा हुनुपर्ने कुरामा पनि स्थानीय संस्कृतिप्रेमीहरुको जोड रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!