
हेटौडा–४ चिल्ड्रेनपार्क
२०७७/०८/१६
म चाहन्छु
मैले पढाएको मेरा विद्यार्थि
जेहेन्दार अनि मेहनति होस
भनेका कुरा टप्प टिपोस
सिकाएका कुरा झट्ट सिकोस ।
म चाहन्छु
मैले पढाएको मेरा विद्यार्थी
दिएको गृहकार्य सधै खुरूखुरू गरोस
कुनै वहाना नवनाई कुरो स्पष्ट भनोस
कसैलाई ठुलो श्वरमा गाली गर्न नपरोस
गाली खाएर शिर झुकाउन नपरोस ।
म चाहन्छु
मैले पढाएका मेरा विद्यार्थि
विनम्र,अनुशासित र मायालु वनोस
खराब संगतमा कहिल्यै पर्दिन भनोस
पढ्न,लेख्नमा मात्र घोटिने होईन
खेल्न,नाच्न ,गाउन,चित्र कोर्न जानोस
आफु भन्दा सानालाई माया गरोस
आफु भन्दा ठुलाले भनेको मानोस ।
म चाहन्छु
मैले पढाएका मेरा विद्यार्थि
गुरु गुरूमाको डरले होईन
स्वस्फुर्त रूपमा पढ्ने गरोस
भय रहित शिक्षामा विश्वास गरोस
हामी शिक्षक विद्यार्थि अभिभावक मिलेर
एक आपसमा एउटा सहमति गरौं
शान्त र मायालु वातावरण श्रृजना गरौं
दण्डको भयलाई मन मष्तिष्कबाट हटाऔ श्रृजनात्मक सिकाईमा संयुक्त हात वटाऔं।
हामी सबै मिलेर गरेमा नहुने के नै छ र ?
कति अरूको मुख ताक्ने वनौं आत्मनिर्भर ।।
सम्पादक भाजु ,
जन चियख पितयन वियकु घत्केघत्के सुभाय ।