बाँपीझ्याला, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ११, उदयपुरमा २, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१, सुनसरीमा ५२, धनुषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४, सिरहामा ५, काठमाडौँमा ४०९, काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २ र धादिङमा ८ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापका ४, ललितपुरमा ८५, सिन्धुपाल्चोकमा ११, सिन्धुलीमा २, कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासीपूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा १३, स्याङ्जामा ११, अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रुपन्देहीमा ४५, रोल्पामा १, अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ तथा बैतडी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।
गत २४ घन्टामा ८ हजार ५ सय ८३ पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित छन् भने ६ सय १६ जना क्वारेन्टिनमा छन्। हाल देशभर ३७० जना संक्रमितको आईसीयु र ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ।