Search

नेकपा सचिवालय बैठकको सुरुमा मनाइयो महासचिव विष्णु पौडेलको जन्मदिन

नेकपा सचिवालय बैठकको सुरुमा मनाइयो महासचिव विष्णु पौडेलको जन्मदिन

बाँपीझ्याला, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलको जन्मदिन मनाउँदै सचिवालय बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीका साथै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरुले पौडेललाई केक खुवाएर जन्मदिनको शुभकामना दिएको थापाले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

थापाका अनुसार नेकपा उपाध्यक्ष वामदेव गौतमले पौडेललाई १०० बाँच्नू भनेर शुभकामना दिएका छन्। पौडेल ६२ वर्ष पुगेका छन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment