Search

सिंगटीमा १५ बेडको प्राथमिक अस्पताल सचालनमा

सिंगटीमा १५ बेडको प्राथमिक अस्पताल सचालनमा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
१५ मंसिर, गते नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा एउटा ऐतिहासिक कार्य नै गरेको छ । देशै भरि ३९६ वटा १५ वेडको अस्पताल र सातै वटा प्रदेशमा सरुवा रोग उपचार गर्ने प्रदेश स्तरीय ७ वटा अस्पतालको शिलान्यास कार्यक्रम एकै दिन थालनी गरेको छ ।


आजको ऐतिहासिक दिनमा कालिन्चोक गाउँ पालिकामा पनि सिंगटी स्वास्थ केन्द्र रुपमा २०७० सालदेखि सञ्चालन हुर्दै आएको उक्त अस्पताल हाल नेपाल सरकारको योजना अनुसार प्राथमिक अस्पताल सञ्चालनमा ल्याएको छ ।


उक्त प्राथमिक अस्पताल बागमती प्रदेशका माननीय सदस्य एवं नेकपाका नेता पशुपति चौलागाईंले उद्घाटन गर्नु भएको छ ।

यस अस्पतालका संस्थापक अध्यक्ष समाजसेवी आत्माकृष्ण श्रेष्ठ लगायत अन्य सहयोगी व्यक्ती तथा संघ–संस्थाहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो भनी कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!