Search

सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने

सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने

बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो ।

तर, अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो । बैठक आज एक बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!