बाँपीझ्याला, काठमाण्डौं । बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक भएको छ। म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी ‘दुबसु’ ले एक समारोहबीच सार्वजनिक गरेका हुन्।
शिखर सन्तोषको संगीत रहेको गीतमा सञ्जित देउजाको शब्द छ। गीतको भिडियोमा पनि गायिका दिप्ता नै देखिएकी छन्। यसको कोरियोग्राफी उनकै आमा सुनिता गौतमले गरेकी छन्।
भिडियोमा छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ। गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीतसंगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षण गर्न प्रेरित गर्ने विश्वास आफूले लिएको दिप्ताले बताइन्।