बाँपीझ्याला, काठमाडौं । ‘चुलेसीमा, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता चर्चित गीतका गायक सञ्जीव सिंहले २ वर्षको अन्तरालपछि ‘तारेमाम’ बोलको गीत ल्याएका छन् । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रहेको छ ।
स्टेरियो रेकर्डको प्रस्तुति रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक सिंहले काठमाडौंको एक रैथाने यूवकको रुपमा देखिएका छन् । भिडियोमा काठमाडौंको रहनसहन, भेषभुषा र संस्कृति प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा रुपेश थापाको छायाँकन, विकास धमलाको सम्पादन छ ।