Search

शहिद बुद्धिमान पाख्रिनको १८ औं स्मृति सभा सम्पन्न

शहिद बुद्धिमान पाख्रिनको १८ औं स्मृति सभा सम्पन्न

बाँपीझ्याला, दोलखा । शहिद बुद्धिमान पाख्रिनको १८ औं स्मृति सभा आज एक कार्यक्रमका विच उहाँकै जन्मस्थान दोलखा जिल्ला, जिरी नगरपालिका स्थित ठुलोपातल चिपचिपेमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उहाँका धर्मपत्नी एवं संघीय साँसद शान्ति पाख्रीनले द्वन्दकालिन समयमा भएका हत्या लगायतका जघन्य अपराधलाई अझैपनि राज्यले व्यवस्थापन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अविलम्व छानविन र कारबाहीको माग गर्नुभएको छ । त्यस्तै उहाँले नेपाल सरकारले गठन गरेको सत्य निरुपन, मेलमिलाप तथा बेपत्ता आयोगले खासै प्रगति नगरेको प्रति दुखः व्यक्त गर्नुभएको छ ।

स्मृति सभाका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले वि.सं. २०५४ सालमा ठुलोपातल गाविसको गाविस अध्यक्षमा निर्वाचित क। बुद्धिमान तात्कालिन दोलखा जिल्ला ५४ गाविस मध्यकै अव्वल अध्यक्ष तथा पार्टिको प्रखर युवा नेता रहेको भन्दै उहाँको सहादत दुखःद दुर्घटना भएको बताउनुभयो । उहाँकै विचार र मार्गनिर्देश अनुरुप अहिले पनि नेपाल कम्युनिष्ट पार्टि अगाडि वढिरहेको जिकिर समेत मन्त्री फुयालले गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले संघं, प्रदेश र स्थानीय सरकारले संयूक्त रुपमा विकास निर्माणको कार्य अहिले द्रुत गतिमा अघि वढेको समेत बताउनुभयो ।

स्मृति सभामा जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, जिरी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ज्ञान बहादुर सुनुवार लगायतको उपस्थिति रहेको थियो भने बुद्धिमान स्मृति प्रतिस्ठानको तर्फबाट स्थानियलाइ न्यानो ज्याकेट बितरण गरिएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!