Search

किरियापुत्री भवन निर्माण कार्य शुरु

किरियापुत्री भवन निर्माण कार्य शुरु

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नं. २ तिखातलबासी दोलखाली समूदायबाट आर्थिक संकलन गरी किरियापुत्री भवन वनाउने कार्य सुरू गरिएको छ । छानाको लागि विमल श्रेश्ठ, नकुल श्रेश्ठ बाट दश बन्डल जस्तापाता पहिले नै प्राप्त भएको छ ।

भवन विद्युत प्राधिकरण तल्लोपट्टी पुरानो धारा भएको स्थानमा वनाइने छ र जमिन सम्याउने कार्य सकिएको छ । निर्माण कार्यको लागि तिखातलको सबै संघ–संस्थाको प्रतिनिधि सदस्य रहने गरी भिमबहादुर योगिको संयोजकत्वमा ११ सदस्सीय निर्माण समिति गठन गरिएको छ ।

समितिको सल्लाहकार एवं संरक्षणमा रत्नबहादुर श्रेष्ठ, प्राविधिक र आर्थिक संकलन संयोजकमा गणेशकुमार श्रेष्ठ र जनसम्पर्क संयोजकमा भुवनकुमार श्रेष्ठ रहनु भएको जानकारी सल्लाहकार रत्न बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!