Search

यस्ता छन् ५ जना विज्ञापन बोर्डका नवनियुक्त सदस्य

यस्ता छन् ५ जना विज्ञापन बोर्डका नवनियुक्त सदस्य

बाँपीझ्याला, काठमाण्डा । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । लामो समयदेखि पुर्णता पाउन नसकेको बोर्डले अहिले पुर्णता पाएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन, मिडिया सोसाइटीका अध्यक्ष तथा एबिसी मिडिया ग्रुपका अध्यक्ष शुभशङ्कर कँडेल, पत्रकार एवं श्रमजीवी मुद्धाको आन्दोेलनका अगुवा नेता,सरल, निश्कलङ्क, इमान्दार वरिष्ठ पत्रकारको रूमा कार्यरत रहनुभएको बलराम थापालाए नियुक्त गरेका छन् ।


त्यस्तै ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष तथा सप्तकोशी एफएमका प्रमुख चन्द्र न्यौपाने र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)की सचिव वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए । बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!