बाँपीझ्याला, काठमाण्डौं । आठ महिनादेखि सत्तारुढ नेकपाको आन्तरिक किचलो उत्कर्षमा छ। केही दिन मथ्थर भए जस्तो देखिए पनि फेरि केही न केही बहानामा नेकपाको विवाद सुरु हुन्छ र राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइ दिन्छ।
झण्डै दुई तिहाइ बहुमतसहितको सत्तारुढ दलभित्रको शक्ति संघर्ष निरन्तर चलिरहँदा सरकारको काम कारबाहीमा समेत प्रत्यक्ष असर परेको छ। सरकारका कारबाहीप्रति आम नागरिकको असन्तुष्टि व्याप्त छ। सिंहदरबार र बालुवाटारमा नेकपाको विवादले स्थान पाइरहँदा सडक राजतन्त्र र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्नेहरुले भरिँदै गएको छ। विभिन्न अभियानको नाममा राजतन्त्र र हिन्दू राज्यको पक्षमा सडक खचाखच गरिन थालेको छ।
तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने संसद सडक कहीँ पनि देखिँदैन। प्रमुखप्रति दल नै राष्ट्रिय राजनीतिको ‘सिन’मा देखिँदैछ। प्रमुख प्रतिपक्षी दल गुमानमा बनेको प्रति कांग्रेसका नेताहरु नै असन्तुष्ट छन्। नेता नविन्द्रराज जोशी पार्टीले समसामयिक विषमया वक्तव्य जारी गरे पनि एक्सनमा जान नसकेको स्वीकार गर्छन्। ‘हामीले वक्तव्यमार्फत ध्यानाकर्षण गराएका छौँ। तर एक्सानमा जान सकेको छैन। तत्काल ड्यासिङ दिने गरी जानुपर्छ, उनी भन्छन्।
नेकपाभित्र शक्ति आर्जन र कमाउनका लागि भएको होडबाजीलाई संसद बोलाएर जवाफ दिनुपर्ने उनको मत छ। जोशीले अगाडि भने, ‘यस्तो बेला संसद बोलाउनमा ध्यान दिनुपर्छ। नेकपामा कमाउ होड चलेको बेला अनुभुत हुने गरी कांग्रेस जाग्नुपर्छ। राजनीतिक एक्सनमा जानै पर्छ। जब प्रजातान्त्र नै मुख्य आधार हो। त्यो कमजोर हुँदा धेरै कुरा कजोर हुँदै जान्छ।’
नेकपाको आन्तरिक किचलोकै कारण गत असार १८ गते सरकारले अकस्मिक रुपमा संसदका अधिवेशन अन्त्य गर्यो। त्यसपछि प्रमुख प्रतिपक्षीको हैसियतले संसद बोलाएर त्यहीँबाट जवाफ खोज्नुपर्ने भए पनि औपचारिक रुपमाले कांग्रेस अधिवेशनको पक्षमा उभिन सकेको छैन।
नेता रामहरी खतिवडा कांग्रेस गुटगत राजनीतिमा लाग्दा राष्ट्रिय राजनीतिमा कमजोर बन्न पुगेको विश्लेषण गर्छन्। ठोस रणनीति बनाएर जनतामा जानेभन्दा पनि नेताहरु आन्तरिक जोड घटाउनमा लाग्दा समस्या भएको उनको भनाइ छ।
‘कांग्रेसका नेता पार्टी बनाउन भन्दा गुट बनाउन लाग्दा पार्टी नै कमजोर भएको हो। नेताहरुले पार्टीका बारेमा सोच्ने हो भने सरकारका गलत काम कारबाहीविरुद्ध लड्न सकिन्छ, उनले भने।
राजतन्त्र पक्षधरहरु शसक्त रुपमा सडकमा आउनुमा नेकपा नेतृत्वको सरकारको कार्यशैली भएको उनको बुझाइ छ।
‘नेकपाले आन्तरिक किचलो बढाउने बाहेक अरु कुनै काम गरेन। जनताका पक्षमा काम नगर्दा पुनःउत्थानवादी शक्ति हावी हुन लागेका हुन्, खतिवडाले अगाडि भने, ‘२०५४ सालसम्म पुनउत्थानवादी शक्तिमा थिएनन्। जब उनीहरु विस्तारै शक्तिमा आए त्यसले बहुदलीय व्यवस्थालाई नै समाप्त पार्यो। अहिले पनि त्यस्तै हुन लागेको देखिन्छ।’
तर सहमहामन्त्री प्रकाशशरण मत भने कांग्रेसले संवैधानिक दायराभित्र रहेर आफ्नो भूमिका निर्वाह गरिरहेको दाबी गर्छन्। यति बेला कांग्रेसले प्रतिपक्षका रुपमा उठाउनुपर्ने आवाज उठाइ रहेको भए पनि सरकारले नसुनेको उनको भनाइ छ।
‘हाम्रो उपस्थित भनेको संवैधानिक दायराभित्र हो। अहिले हामीले सरकारमा हुनुपर्छ भनेर आन्दोलन गर्नु भएन, महत अगाडि भन्छन्, ‘सरकारप्रतिको असन्तुष्टि डाइभर्ट गर्न खोजिँदैछ। सरकारले जनताको म्याडेटको दुरुपयोग गर्दा असन्तुष्टि सडकमा पोखिएको हो।’
सहमहामन्त्री महतले कांग्रेसले संसद अधिवेशन बोलाउन माग गरिरहेको बताए। अहिले आवाज उठाउने र अर्को चुनावको तयारी गर्ने बाहेक आफूसँग अरु विकल्प नभएको महतको भनाइ छ।
उनले भने, ‘हामीले सरकार ठीक ठाउँमा छैन। भनिरहेका छौँ। यस विषयमा हामी उपयुक्त समयमा संसद र सडकबाट उत्रन्छौं। यी समस्याको समाधान गर्न हामी चुनावको तयारी गरिरहेका छौं। त्यो भन्दा फरक बाटो कांग्रेसका लागि अर्को छैन।’