
५ मंसिर, बनेपा । काभ्रे जिल्ला बनेपा नगरपलिका वडा नम्वर ३ निवासी वर्ष २४ को साजन दाहाल नाम गरेको युवक यहि मंसिर ११ गतेबाट हराइरहेका छन ।
निज साजन परिवारको कुनै जानकारी विना घरबाट हिडेको र आज सम्म पनि कुनै सम्पर्कमा नरहेका उनका पिता दिवाकर दाहाले जानकारी दिए । छोरोले मोवाइल तथा अन्य सरसमानहरुपनि घरमै छोडेर हिनेको हुदा यदि कही कसैले देखेमा सहयोग गर्न आग्रह गरेका छन ।
दाहालका अनुसार छोरा मिलनसार स्वाभावको थियो । उ चार्टर एकाउन्टेन्सी अध्ययन गर्दै थिए । छोरो जहा भएपनि सम्पर्कमा आउन र यो पोष्टमा राखिएको तस्विरमा मिल्ने तपाई देख्नुभएमा ९८४१२०७३०० वा ९८५१०३९८२८मा मोबाईल नम्बरमा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गर्नुहुन उहाँका पिताले विनम्र अनुरोध गरेका छन् ।