Search

महासंघ पदाधिकारीले लिए शपथ

महासंघ पदाधिकारीले लिए शपथ

१५ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका १९औं अध्यक्ष शेखर गोल्छा तथा नवनिर्वाचित पदाधिकारीहरूले आइतवार पद तथा गोपनीयताको शपथ लिएका छन् । आप्mनो कार्यकाल समाप्त भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने महासंघ विधानको प्रावधानअनुसार भवानी राणाले गोल्छालाई शपथ ग्रहण गराएकी छन् । अध्यक्ष गोल्छाले अन्य पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए ।

महासंघ अध्यक्ष शेखर गोल्छाले सबैलाई समेटेर आफू अगाडि बढ्ने बताए । अब सबै एकजुट भएर निजीक्षेत्र र समुन्नत मुलुक निर्माणका लागि आफूहरूले तयार पारेको रणनीति कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि आईएमई ग्रूपका अध्यक्षसमेत रहेका चन्द्र ढकालले चुनावसँगै वैचारिक मतभेद सकिएको बताए । निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै उनले प्यानल तोडेर शेखर गोल्छाको नेतृत्वका साथ मिलेर निजीक्षेत्रलाई अघि बढाउने गरी काम गर्ने बताएका हुन् ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समर्थनमा खुलेरै लागेका महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उनी वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दै छन् । निर्वाचनअघि पक्ष विपक्ष भए पनि अब त्यो नहुने र सँगै रहेर निजीक्षेत्रका लागि आफूहरू मिलेर काम गर्ने ढकालले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!