Search

देशभरको मौसम सामान्यतया सफा रहने

देशभरको मौसम सामान्यतया सफा रहने

बाँपीझ्याला, काठमाडौं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरूमा सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख हुस्सु लागेको छ ।

त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!