Search

अहिलेसम्मकै उच्च अस्ट्रेलियाको सिड्नीमा रातिको समयको तापक्रम

अहिलेसम्मकै उच्च अस्ट्रेलियाको सिड्नीमा रातिको समयको तापक्रम

बाँपीझ्याला, अस्ट्रेलियाको सिड्नीमा गर्मी अत्याधिक भएको छ । सिड्नीमा रातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढि मापन गरिएको छ । शनिबार रातिको सिड्नीको औषत न्यूनतम तापक्रम २५.४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।

तापक्रम बढ्दै जाँदा न्यू साउथ वेल्स राज्यले राज्यका पूर्वी र उत्तरपूर्वका अधिकांश क्षेत्रमा आगो बाल्न पूर्ण प्रतिबन्ध लगाएको छ । सिड्नीसहित अस्ट्रेलियाका अरु क्षेत्रमा पनि तापक्रम बढेको छ । दक्षिण अस्ट्रेलिया तथा भिक्टोरियामा तापक्रम बढेको छ ।

सिड्नीको तापक्रम अब्जरभेटरी हिलमा गरिन्छ । यसअघि सन् १९६७ मा अब्जरभेटरी हिलको तापक्रम रातिको समयमा २४.८ डिग्री सेल्सियस मापन भएको थियो । गर्मी बढेपछि सिड्नीसहितका अस्ट्रेलियाका विभिन्न क्षेत्रका बासिन्दा समुन्द्र किनारमा गएका छन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!