Search

बायर्नको पुनरागमन जित र डर्टमुन्डको हार

बायर्नको पुनरागमन जित र डर्टमुन्डको हार

बाँपीझ्याला, काठमाण्डौं । जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा डर्टमुन्ड पराजित भएको छ।डर्टमुन्डकै मैदानमा सम्पन्न खेलमा उसले एफसी कोल्नसँग २–१ गोलको हार बेहोरेको हो।कोल्नको जितका लागि लियास खिरीले दुई गोल गरे भने डर्टमुन्डका थोरगन हजार्डले दुईका विरुद्ध एक गोल गरे। पराजयका बाबजुद डर्टमुन्ड तेस्रो स्थानमा छ। यता जित निकालेको कोल्न भने १५ औं स्थानमा छ।

शनिबारको अर्को खेलमा साविक विजेता बार्यनले सुटरगार्टविरुद्ध पुनरागमन जित निकालेको छ।सुटरगार्टको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले घरेलु टिमसँग ३–१ गोलको जित निकालेको हो।

एक गोललले पछि परेको अवस्थामा बायर्नका किंग्सले कोमले ३८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले अग्रता आफ्नो पक्षमा पारेको थियो।

पहिलो हाफमै अग्रता बनाएको बायर्नले दोस्रो हाफमा पनि गोल गर्यो। खेललको ८७ औं मिनेटमा डग्लस कोस्टाले गोल गर्दै बायर्नलाई ३–१ गोलको जित दिलाए। जितका साथ शीर्षस्थानमा रहेको बायर्नको २२ अंक छ भने पराजित सुटरगार्ट ११ अंकका साथ दशौं स्थानमा छ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको लाइप्जिकले शतिबार रातिको खेलमा अर्मेनियाँसँग २–१ गोलको जित निकालेको छ। जितसहित तीन अंक थपेको लाइप्जिकको २० अंक छ। उसले तेस्रो स्थानको डर्टमुन्डलाई दुई अंकले पछि पार्दै शीर्षस्थानको बायर्ननसँग दुई अंकले नै पछि परेको छ।

शनिबारकै अर्को खेलमा मोन्छेनग्लाडबाखले साल्केलाई ४–१ गोलले हराएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!