Search

फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड जरिवाना

फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड जरिवाना

१३ मंसिर, बाँपीझ्याला, एजेन्सी । दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले जनाएको छ ।

बुधबार उक्त आयोगले फेसबुकमाथि फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।

गत अगष्ट महिनामा गठित उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये कम्तिमा पनि ३३ लाख प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको गराएको अनुसन्धानले देखाएको उल्लेख गरेको छ ।

सन् २०१२ देखि २०१८ सम्मका तथ्यांक विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो । आफ्ना डाटाहरु तेश्रो पक्षले प्राप्त गरिरहेको विषयमा फेसबुक प्रयोगकर्ताको कुनै स्विकृति नभएको र जानकारीसमेत नहुने गरेको आयोगको भनाइ छ ।

फेसबुक लगइन भित्रबाट अन्य अपरेटरको सर्भिस प्रयोग गर्दा प्रयोगकर्ताको फेसबुक साथीहरुका समेत व्यक्तिगत जानकारीहरु ती अपरेटरहरुले प्राप्त गर्ने गरेका छन् । फेसबुकको आयरल्याण्डस्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको र कम्पनीमाथि फौजदारी अनुसन्धानका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

दक्षिण कोरियाको राजधानीस्थित फेसबुकका प्रवक्ताले अनुसन्धान प्रक्रियामा आफुहरुले सरकारलाई पूर्णरुपमा सहयोग गरेको बताउँदै फेसबुकमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्ने आयोगको निर्णयप्रति खेद व्यक्त गरेका छन् ।

यद्यपि फेसबुक कम्पनीको व्यवस्थापनले आयोगको निर्णयका बारेमा पूर्ण समीक्षा बाँकी रहेको भन्दै उनले यस विषयमा थप टिप्पणी गर्न अस्विकार गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!