Search

महासंघमा प्रदेशतर्फबाट कोको आए ?

महासंघमा प्रदेशतर्फबाट कोको आए ?

बाँपीझ्याला, काठमाडौँ । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वी विनोदप्रसाद शाहलाई शतप्रतिशत मतले हराउँदै विजयी भएका हुन्।
शाहले आफ्नो हकमा कुनै मत पार्न सकेनन्। यस्तै लुम्बिनीबाट जसमेर मियाँले १० मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले एक मतको कमीले पराजय भोग्नुपर्‍यो।


उनले ९ मत ल्याए। कर्णाली प्रदेशबाट लालिमान बुढा ७ मत ल्याएर विजयी भने उनले आफ्ना प्रतिद्वन्द्वीलाई पाँच मतले पछाडि पारे। यसैगरी सुदूरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर जिते भने उनका प्रतिस्पर्धी देवबहादुर रोकाय २ मत ल्याएर पराजय भए। बागमती प्रदेशको मतगणना भने जारी छ।
यस अघि नै प्रदेश १ बाट सो पदमा राजेन्द्र रावत निर्विरोध भएका हुन्। अहिलेसम्म जितेका केन्द्रीय सदस्यहरुमध्ये ६ जनामध्ये ५ जना किशोरकुमार प्रधान समूहका छन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!