३ मंंसिर, बाँपीझ्याला, काठमाडौं । जर्मनी अटो मेकर फक्सवागेनको आधिकारीक वितरक पूजा इन्टरनेशनलले नयाँ मूल्य सूची प्रकाशित गरेको छ।
कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार ह्याचब्याक पोलो म्यानुअलको शुरूवाती मूल्य ३० लाख ९० हजार रुपैयाँदेखि ४० लाख ४० हजार रुपैयाँसम्म रहेको छ । अटोमेटिक पोलोको भने ४५ लाख ४० हजारदेखि ४७ लाख ४० हजार रुपैयाँसम्म पर्नेछ ।
त्यस्तै फक्वागेनको सेडान कार भेन्टोको मूल्य म्यानुअलको ३९ लाख ४० हजार रुपैयाँदेखि ४९ लाख ४० हजारसम्म र अटोमेटिक भेन्टोको मूल्य ५० लाख ४० हजारदेखि ५४ लाख ४० हजार रुपैयाँसम्म रहेको छ ।
फक्सवागनको पोलो र भेन्टो दुवै १.० लिटरको टीएसआई इन्जिनमा उपलब्ध छ । २.० लिटर पेट्रोल इन्जिनमा अप्सनमा रहेको अलस्पेस टे्न्डलाइनको मूल्य १ करोड १८ लाख तथा अलस्पेस हाइलाइनको मूल्य १ करोड ५८ लाख रुपैयाँ रहेको छ ।