१३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । भीमेश्वर नगरपालीका वडा नं. २, दोलखमा पुर्व बिद्यार्थीको लगानीमा निर्माण भईरहेको सभा हल साथै भीम माध्यमिक बिद्यालयको बृहत्तर विकासमा सबै पूर्व विद्यार्थीहरुलाई सहभागीता गराउनका निम्ति उपत्यकामा रहेका पूर्व बिद्यार्थीहरु संग समन्वय र सहजीकरणको लागि भेला गरिएको थियो ।
काठमाण्डौैको नयाँ बानेश्वर स्थित कार्भिभल रेष्टुरेन्ट एण्ड मिटिङमा पूर्व बिद्याथीहरुको प्रतिनिधीमुलक भेलाले बरिस्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय सहजिकरण समिति गठन गरिएको जानकारी कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्केले दिनु भयो । सदस्यहरुमा डा. हरिदर्शन श्रेष्ठ, सोभीत उप्रेती, निरेन्द्र मास्के, प्रविण प्रधान, श्यामचन्द्र श्रेष्ठ, कलावती श्रेष्ठ र यजु श्रेष्ठ रहेका छन् ।
यस सम्वन्धमा पुर्व विद्यार्थी एवं बरिष्ठ कलाकार मदनदास श्रेष्ठसंग सम्पर्क गर्दा वहाँले अगाडी भन्नु भयो, दोलखा जिल्लाको दोश्रो पुरानो हाईस्कृल र त्यहा पुर्व विद्यार्थीहरुको पहलमा सभा हल र भीम माध्यमिक बृहत्तर विकासमा पूर्व विद्यार्थीहरुको सहभागीको नाम अगाडी आई कार्य गर्नु पर्ने भएकोले काठमाण्डौं लगाए अन्यत्र आ–आफ्नो पेशा, व्यवसायमा संलग्न रहेका पूर्व विद्याथीहरुको समन्वय र सहकार्यको लागि यस समितीको गठन गरिएको भन्नु भयो ।
यसै गरी हाल कोविड १९ को कारणले भेला गर्न नहुने भएकोले म लगाएत यस समन्वय समितीमा बस्नु हुने साथीहरुको सहयोगमा अन्तर समन्वय गरी काम अगाडी बढाउने जानकारी समेत दिनु भयो ।