Search

नेपाल एक स्थान तल फिफाको वरीयतामा

नेपाल एक स्थान तल फिफाको वरीयतामा

बाँपीझ्याला, काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको हो । गत महिना नेपाल १ सय७० औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८९ औं, बंगलादेश १८४ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियमयथावत रहेको छ । फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!