Search

अर्को समूहले भन्योः प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

अर्को समूहले भन्योः प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

बाँपीझ्याला, काठमाण्डौं । कानुन व्यवसायीहरु तथा पूर्व प्रहरी अधिकारीहरुसमेत रहेका नागरिकहरुको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै ट्रान्सपरेन्सी इन्टरनेसनल जस्तो अन्तराष्ट्रिय संस्थाले प्रधानमन्त्री नै भ्रष्टाचारमा लागेको तथ्य सार्वजनिक गरेको अवस्थामा प्रधानमन्त्री ओलीले पदमा बसिरहनु औचित्यपूर्ण नहुने उल्लेख गरेका हुन्।

यसै हप्ता ट्रान्सपरेन्सीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा एसियाली मुलुकमध्ये नेपालमा सवैभन्दा वढी भ्रष्टाचार हुने गरेको ठहर गरेको थियो।

प्रतिवेदनमा नेपालका ५० प्रतिशत जनताले राष्ट्रपति र प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न हुने दाबी गरेको उल्लेख छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले पदमा बसिरहने नैतिकता गुमाएको उनीहरुको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समयमै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ।’

ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहने हो भने नेपालको अवस्था झन जटिल बन्ने नागरिक अगुवाले दाबी गरेका छन्। उनीहरुले ओलीले राजनीतिक वैधता गुमाइसकेको अवस्थामा संवैधानिक वैधताले मात्र सत्ता टिकाउन नसक्ने कुरा ख्याल गरिनु पर्ने बताएका छन्।

‘विद्यमान विषम परिस्थिति अझ जटिलतातर्फ उन्मुख भै त्यसको सिकार समग्र नेपाल राष्ट्र र नेपाली जनता हुने देखिन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै, हाल विद्यमान विषम परिस्थितिका सम्बन्धमा सवै क्षेत्रका नागरिक समाज, वुद्धिजीवी तथा आम जनताले समेत व्यापक रुपमा विचार विमर्स गरी संवैधानिक मूल्य मान्यता बमोजिमको निकासका लागि आआफ्नो क्षेत्रबाट पहल गर्न समेत हामी अपिल गर्दछांै।’

हस्ताक्षरकर्ता अधिवक्ता एवं ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्ष श्रीहरि अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरे, पूर्वप्रहरी एवं नागरिक अभियन्ता रमेशप्रसाद खरेल, अधिवक्ताहरु इन्दु तुलाधर, ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल र पूर्वसभापति, एम्नेष्टी इन्टरनेसनलका पूर्व अध्यक्ष राजन कुइकेल रहेका छन्।

यसअघि बिहीबार आफूलाई नागरिक अगुवा भर्ने अर्को समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनु राजनीतिक स्थिरताविरुद्ध हुने भएको पार्टीले माग्दैमा राजीनामा दिन नहुने बताएका थिए। सञ्चार

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!