Search

युनाइटेड इदी–मर्दीको आईपीओ आगामी तीन दिनभित्र बाँडफाँड

युनाइटेड इदी–मर्दीको आईपीओ आगामी तीन दिनभित्र बाँडफाँड

१२ मंसिर,बाँपीझ्याला, काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रवार प्रि अलोटमेण्ट सम्पन्न भएको जानकारी दिएको हो ।

प्रि अलोटमेण्ट भएको तीनदिनभित्र आईपीओ बाँडफाँट गरिसक्नुपर्ने व्यवस्था छ । सम्भवत् आइतवार सोमवारभित्र बाँडफाँट गरिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यस कम्पनीको आईपीओमा माग भन्दा १२ गुणा बढी आवेदन परेको छ । यस कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो ।

स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्न लागेको हो ।

कुल कित्तामध्य कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!