Search

टोटेनहम विजयी

टोटेनहम विजयी

१२ मंसिर, बाँपीझ्याला, एजेन्सी । युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा टोटेनहम हट्सपरले लुडोगोरेट्समाथि सानदार जित निकालेको छ।

टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो।

खेलको १६ औं मिनेटमै कार्लोस भिनिसियसले डेले अलीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। उनले नै ३४ औं मिनेटमा दोस्रो गोल गर्दा पहिलो हाफमा टोटेनहम २ गोलले अघि रह्यो।

टोटेनहमका लागि ह्यारी विङ्क्स र लुकास मौराले क्रमश खेलको ६३ औं र ७३ औं मिनेटमा गोल गर्दा टोटेनहमले ४-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै टोटेनहम समूहको दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट समान ९ अंक बनाएका एन्टवेर्प र टोटेनहम क्रमश पहिलो र दोस्रो स्थानमा छन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!