११ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । दोलखाली सर्जकका दुई पुस्तक काठमाण्डौंमा विमोचन भएको छ । काठमाण्डौ नयाँ बानेश्वर स्थित कार्निभल रेष्टुरेन्ट थापागाउँमा आयोजित एक समारोहमा सरकारका प्रवक्ता एवं सूचना प्रविधी तथा सञ्चार मन्त्री पार्वत गुरुङले विमोचन गर्नु भएको छ ।
विष्णु लक्ष्मी साहित्यीक पुरस्कार समिती दोलखाले प्रकाशन रहेको उक्त पुस्तकहरु समिक्षा समावेश गरिएको दोलखाली सर्जक पुस्तक समिक्षा र बुक हिलद्वारा प्रकाशित कवि एम.वि.खड्काको कविता संग्रह डाँडाको लाँकुरी सार्वजनिक गरिएको हो ।
उक्त कार्यक्रममा मन्त्रि गुरुङले दोलखा जिल्ला स्थित दोलखा फिल्म सिटीको संस्थागत विकासको लागि सरकार लाग्नु पर्ने विचार व्यक्त गर्नु भयो । यस पुस्तक अग्रज दोलखी पत्रकार चिरञ्जीवी मास्के र पत्रकार महासंघका अध्यक्ष जिवन लामाको विशेष सक्रियता, व्यवस्थापन र भीमेश्वर नगरपालीका चरिकोट दोलखाको वित्तिय संयोजनमा प्रकाशन भएको हो ।
यसै गरी सो कार्यक्रममा पूर्व मन्त्री आनन्द पोखरेल, बागमती प्रदेश सांसद विशाल खड्का, भीमेश्वर नगरपालीकाका प्रमुख भरत बहादुर के.सी, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगाएत नेतागण, दोलखाली पत्रकार, बुद्धीजिवी, वकिल र केही दोलखा जिल्लावासीहरुको उपस्थिती रहेको थियो ।