Search

बुढानिलकण्ठ मन्दिरमा एकादशीको अवसरमा भक्तजनहरुकाे भिड

बुढानिलकण्ठ मन्दिरमा एकादशीको अवसरमा  भक्तजनहरुकाे भिड

बाँपीझ्याला, काठमाण्डौं । कोरोना कहर तथा त्रासका कारण काठमाडौं लगायतका मठ मन्दिरहरु नियमित पूजा पाठ बाहेक भक्त्तजन तथा आमसर्वसाधारणलाई पूजा गर्न निषेध गरेको छ । कतिपय मन्दिरहरु बन्द नै छन ।

टेरेनन् भक्तजनहरुले नगरपालिकाकाे अनुराेध

हरिबोधिनी एकदशीमा बूढानिलकण्ठमा वर्षेनै मेला लाग्ने गरेकोमा यस वर्ष कोभिडको कारण मन्दिर नखुल्ने भनिएकाे थियाे ।

भक्तजनहरुले बुढानिलकण्ठ नगरपालिकाको अनुरोधलाई बेवास्ता गरेका छन।

विगतका वर्षहरुमा एकादशीको अवसर पारेर ठुलो मेला लाग्ने गरेको बुढानिलकण्ठ मन्दिरमा यस पटक कुनै पनि पुजा र दर्शन नहुने भनेर नगरपालिकाले सूचना जारी गरेपनि त्यसको व्यापक उल्लङ्घन भएको छ।

बुढानिलकण्ठ मन्दिर परिसरका सबै ढोकाहरु बन्द रहे पनि ठुलो शंख्यामा भक्तजनहरुले बाहिर सडक र भर्यांगमा नै पुजा आजा गरिरहेका थिए भने उनीहरुले स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अपनाएका थिएनन।

त्यस्तै नगरपालिकाले मन्दिरमा कुनैपनि मेला नलाग्ने हुनाले पसल तथा व्यवसायहरुलाई नखोल्न आग्रह गरेता पनि त्यसको व्यापक उल्लङ्घन भएको प्रस्ट देखिएको थियो।

स्वास्थ्य सुरक्षा लापरवाही गर्दै मन्दिर क्षेत्रमा आएका भक्तजनहरुलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परिरहेको देखिन्थ्यो भने मन्दिरका कुनै पनि आधिकारिक समिति र निकायका प्रतिनिधिहरुको उपस्थिति भने देखिदैनथ्यो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!