Search

लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित

लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित

१ मंसिर, बाँपीझ्याला, एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ। लिगको समूह डी अन्तर्गतको खेलमा लिभरपुल घरेलु मैदानमै २-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६० औं मिनेटमा जोसेप इलिचिचले एटलान्टालाई अग्रता दिलाएका थिए।

त्यस्तै रोबिन गोसेन्सले ६४ औं मिनेटमा गोल गर्दा लिभरपुलले गोल फर्काउन सकेन। र, एटलान्टाले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै भएको खेलमा आजाक्सले मिजुल्याण्डमाथि ३-१ गोलअन्तरले जित हात पार्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अजाक्सका लागि रेयन ग्रेभनबेर्चले ४७ औं, नाउसाइर मज्राउलीलेले ४९ मिनेट र डेभिड नेरेसले ६६ औं मिनेटमा गोल गरे।

उता मिजुल्याण्डका लागि अवेर मबिलले ८० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सान्त्वना गोल गरे।

पराजयका बावजुत लिभरपुल ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको अजाक्सको ७ अंक रहेको छ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment