Search

नेपाल आइपुगे भारतीय विदेश सचिव

नेपाल आइपुगे भारतीय विदेश सचिव

बाँपीझ्याला, काठमाण्डौं । भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपाल आइपुगेका छन् । विमानस्थल प्रहरीका अनुसार शृङ्गला बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

शृङ्गला भारतको नयाँ दिल्लीबाट विशेष विमानबाट नेपाल आएका हुन् । औपचारिक भ्रमणमा नेपाल आएका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउने छन् ।

काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामै बस्छन् ।

बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् । मध्यान्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ ।

त्यसपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमै गएर भेट्न छन् ।

त्यस लगतै शीतल निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!