Search

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृती प्रदान

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृती प्रदान

बाँपीझ्याला, काठमाडौं ।
सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । आर्थिक वर्ष २०६४–०६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैंले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौं ।’

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुन सक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सन् २०१९ मा चिनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।

सोही बमोजीम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए । यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापनगर्दै आएकाथिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मामापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!