Search

म्याराडोनप्रति उच्च सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमा मेस्सीले लेखे ‘भावुक सन्देश’

म्याराडोनप्रति उच्च सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमा मेस्सीले लेखे ‘भावुक सन्देश’

११ मंसिर, बाँपीझ्याला, काठमाडौं । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल विश्वकै उत्कृष्ट फुटबल खेलाडी डियगो म्याराडोनाको आकस्मिक निधनले विश्व फुटबल जगत शोकमा डुबेको छ । यसैबीच अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने पछिल्लो पुस्ताको विश्वकै सर्वप्रिय फुटबलर लियोनल मेस्सीले म्याराडोनप्रति उच्च सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमा भावुक सन्देश लेखेका छन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमा एक सन्देश लेख्दै मेस्सीले सम्पूर्ण अर्जेन्टिनाबासी र फुटबल जगतका लागि अत्यन्तै दुःखद दिन भएको बताएका छन् । उनले लेखका छन्, ‘उहाँले हामीलाई छोड्नुभयो तर छोड्नुहुन्न, किनकी उहाँ अजम्बर हुनुहन्छ ।’

मेस्सीले म्याराडोनासँगका सबै प्यारा क्षणहरू सधै सम्झिरहने उल्लेख गरेका छन् । उनले म्याराडोनाका सम्पूर्ण परिवार र शुभचिन्तकहरूप्रति समवेदना प्रकट गर्दै लेखका छन्, ‘आत्माले शान्ति पाओस्’ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!