Search

भीमेश्वर नगरपालीकाले नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याउने

भीमेश्वर नगरपालीकाले  नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याउने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका चरिकोट दोलखाले कार्यविधि निर्माण प्रक्रिया सुरु गरेको छ । सोही अन्र्तगत नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आयोजित दुई दिने कार्यविधि निर्माण परामर्श कार्यशाला गोष्ठि बुधबार सम्पन्न भएको छ ।

युरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोगमा हुराडेक नेपाल दोलखाको सहजीकरणमा सञ्चालन हुँदै आएको बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत भीमेश्वर नगरपालिकामा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना हुने भएकोले सो केन्द्र सञ्चालनका लागि कार्यविधि निर्माण गरिन लागिएको जानकारी प्राप्त भएको छ ।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत के.सी. ज्यूको अध्यक्षतामा भएको उक्त परामर्श कार्यशालामा राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका सुशिल भण्डारीले आपतकालिन कार्य सञ्चालन केन्द्रको महत्व र सञ्चालन प्रक्रियाका बारेमा भर्चुअल माध्यमबाट जानकारी गराउनु भएको थियो ।

यसै गरी कार्यक्रममा बर्दिया जिल्लाबाट जिल्ला स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका रुपेन ज्ञवालीले स्थानीय तथा जिल्ला स्तरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुभव र चूनौतीका बारेमा भर्चुअल माध्ययबाट जानकारी गराउनु भएको थियो ।

भीेमेश्वर नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको नमुना कार्यविधिको आधारमा रही सरोकारवाला निकायसँग छलफल गरी कार्यविधि निर्माण गरिने भीमेश्वर नगरपालिकाले जनाएको छ । कार्यशालाको सहजीकरण युएनडीपीका भेष पराजुली र परामर्शदाता शिसल अधिकारीले गर्नु भएको थियो ।

यसै गरी बुधबार कार्यक्रम समापन गर्नु हुँदै भीमेश्वर नगरपालिकाकी उप मेयर कमला बस्नेतले नगरपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी विपद् जोखिम न्युनिकरण र प्रतिकार्य सम्बन्धि कार्यक्रम सञ्चालनमा जोड दिने बताउँनु भयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख लगायत सुरक्षा निकायका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment