Search

दोलखा भीमेश्वरमा पसिना आएको खबर र प्रसाद राष्ट्रपती कार्यालयमा

दोलखा भीमेश्वरमा पसिना आएको खबर र प्रसाद राष्ट्रपती कार्यालयमा

अजय प्रधान ।
बाँपीझ्याला, दोलखा ।
दोलखा भीमेश्वरमा २०७७ साल मंसिर ९ गते दिउँसो १ः४३ देखि २ः३४ सम्म पसिना आएको छ । मध्यान्ह पूजाको लागि राजपूजा पालो पर्ने गुठीयार बन्द मन्दिर भित्र प्रवेश गर्दा पसिना आएको थाहा पाएको थियो ।

वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर नगरपालीका वडा नं. –२ का वडाध्यक्ष विराजमान श्रेष्ठ र गुठीयार भरत श्रेष्ठको भनाई रहेको छ ।

पसिना आए पश्चात जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय सहित दोलखामा भीमेश्वर मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितीसंग संयुक्त रुपमा बैठक बसी उक्त बैठकको निर्णय अनुसार भीमेश्वको शिलामा पसिना आउँदा पुछेको रुवा र महा प्रसाद सहित मंसिर १० गते राष्ट्रपतीको कार्यालयमा गुठीयारहरुलाई पठाउने निर्णय भए अनुसार राष्ट्रपतीको कार्यालयमा गई आज १ः३० मा राष्ट्रपती विद्यादेवी भण्डारीज्यूलाई प्रसाद र खबर पू¥याईएको जानकारी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनु भयो ।

उक्त सन्देश सहितको प्रसाद पू¥याउने कार्यमा जिल्ला प्रसाद कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारी, भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका अध्यक्ष विराजमान श्रेष्ठ, भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष भरत श्रेष्ठ, कोषाध्यक्ष शुरेस श्रेष्ठ र सल्लाहकार ज्ञानेन्द्र प्रधानको उपस्थिती रहेको थियो ।

राष्ट्रपतीको कार्यालयमा प्रसाद र खबर पठाई सकेपछी त्यहाँबाट क्षमा पुजा पठाउने चलन रहेको छ । क्षमा पूजा अव कहिले गर्ने सो बारेमा अहिले नै निर्णय नभईसकेको र साईत हेराईसकेपछि भीमेश्वर मन्दिरमा क्षमा पूजा गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!