Search

नयाँ बानेश्वरमा बैंकका सुरक्षा गार्डलाई खुकुरी हानेर भाग्ने पक्राउ

नयाँ बानेश्वरमा बैंकका सुरक्षा गार्डलाई खुकुरी हानेर भाग्ने पक्राउ

बाँपीझ्याला, राजधानीको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २९ गते बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृउत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

बैंकका रकम झिक्ट गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर भएका थिए भने त्यसलगत्तै उनी फरार भएका थिए ।
प्रहरीले थापामाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!