Search

चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ बाट खुल्दैं, कस-कसले दिन सक्छन् आवेदन ?

चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ बाट खुल्दैं, कस-कसले दिन सक्छन् आवेदन ?

बाँपीझ्याला, काठमाण्डौं ।। चन्द्रागिरी केबलकारको सञ्चालक कम्पनी चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्न लागेको हो ।

चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ ।

क्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि यस अघि नै अनुमति पाइसकेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!