१० मंसिर, बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् ।
विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ९३ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा भएको छ ।