अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा आज १ः४३ देखि २ः३४ सम्म पसिना आएको छ । मध्यान्ह पूजाको लागि राजपूजा पालो पर्ने गुठीयार बन्द मन्दिर भित्र प्रवेश गर्दा पसिना आएको थाहा भएको छ ।
वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर नगरपालीका वडा नं. –२ का वडाध्यक्ष विराजमान श्रेष्ठ र गुठीयार भरत श्रेष्ठको भनाई रहेको छ ।
वि.सं. १९९० देखि अहिलेसम्म दोलखा भीमेश्वरमा १८ औं पटक पसिना आएको छ । यसरी पसिना आउंदा दिक्षा कर्म भएका पुजारीबाट मात्र पसिना पुछ्ने चलन छ । भीमेश्वरमा पसिना आएपछी देशमा अनिष्ट हुने संकेतको रुपमा लिने गरेको पाईन्छ ।

पसिना आएको थाहा पाएपछी जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय तत्काल दोलखा गई भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितीसंग संयुक्त रुपमा बैठक बसी उक्त बैठकको निर्णय अनुसार भीमेश्वको शिलामा पसिना आउँदा पुछेको रुवा र प्रसाद सहित भोली मंसिर १० गते गृहमन्त्रालयमार्फत राष्ट्रपतीको कार्यालयमा गुठीयारहरुलाई पठाउने व्यवस्था सहितको निर्णय गरिएको भनी जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्रकाशित बिज्ञप्तीमा भनिएको छ ।

यसरी दोलखाबाट भोली राष्ट्रपतीको कार्यालमा प्रसाद पू¥याउन जानको लागि जिल्ला प्रसाद कार्यालय दोलखाबाट प्रतिनिधी, भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका अध्यक्ष विराजमान श्रेष्ठ, भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष भरत श्रेष्ठ, कोषाध्यक्ष शुरेस श्रेष्ठ र सल्लाहकार ज्ञानेन्द्र प्रधान जाने निर्णय गरिएको छ भनी अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनु भयो । राष्ट्रपतीको कार्यालयमा प्रसाद र खबर पठाई सकेपछी त्यहाँबाट क्षमा पुजा पठाउने चलन रहेको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
